धनगढी नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डः एथलेटिक्सका अधिकांश विधा सकिए, कवडड्डीको फाईनल वाँकी

February 1, 2020
धनगढी नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डः एथलेटिक्सका अधिकांश विधा सकिए, कवडड्डीको फाईनल वाँकी

धनगढी, १८ माघ
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको शनिवार एथलेटिक्सका अधिकांश विधाहरु सकिएका छन् । एथलेटिक्सका केही विधा वाँकी रहँदा कवड्डीका छात्र र छात्राक तर्फको फाईनल आईतवार हुनेछ भने भलिवल तर्फ पनि छात्रको फाईनल आईतवार हुनेछ । एथलेटिक्स तर्फका छात्र र छात्राको ३ हजार मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, एक गुणा चार रिले, सटपुट, त्रिपल जम्पका खेलहरु आईतवार धनगढी रंगशालामा हुने धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
छात्रा तर्फको भलिवलमा भने वेहडावावा मावि प्रथम, त्रिभुवन मावि दोस्रो र पञ्चोदय मावि तथा त्रिनगर मावि तेस्रो भएका छन् । एटलेटिक्स सय मिटर छात्रमा ऐश्वर्यका