धनगढी । प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धीलाई प्राथमिकिकरणमा राखेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय सन्तोष शर्मा थापाले बताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेशका नागरिक सहभागिता अभिबृद्धीका लागि गठन गरिएको Multi Stakeholder Civic Engagement Advocacy Platform का सदस्यहरुका लागि आज प्रदेश राजधानी धनगढीमा आयोजना गरिएको दुई दिने तालिमको उद्घाटन सत्रमा माननीय मन्त्री थापाले यस्तो बताएका हुन् ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री थापाले लोकतन्त्रमा नागरिक शिक्षा अपरिहार्य रहेको बताउदै सरकार र नागरिक बिचको सम्बन्धलाई मजबुद बनाउन प्लोटफर्म प्रभावकारी रहने विश्वास ब्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयले नागरिक सहभागिता अभिबृद्धीका लागि कार्य गर्ने प्लेटफर्महरुसँग सहकार्य गर्न तयार रहेको जनाउदै मन्त्रालयमा आएर आवश्यकता अनुसार छलफल गर्न समेत उहाँले अनुरोध गर्नुभयो । प्रदेश युवा परिषदलाई बलियो बनाउन योजना गरिरहेको बताउदै प्रदेश सरकार बजेट निर्माणको कार्यमा रहेकाले आवश्यक सुझाव पेश गर्न समेत प्लेटफर्मलाई अनुरोध गर्नुभयो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा युएनडिपी नेपालका युवराज आचार्यले Multi Multi Stakeholder Civic Engagement Advocacy Platform को उद्धेश्य, गठन प्रक्रिया र प्लेटफर्मले गर्ने कार्यको बिषयमा जानकारी गराएका थिए । उद्घाटन सत्रमा युवा परिषदका सदस्य प्रतिक्षा ओलीको उपस्थिती रहेको थियो ।
दुई दिन सम्म चल्ने तालिममा एडभोकेसी प्लेटफर्मका विभिन्न बिषयमा युएनडिपी नेपालका युवराज आचार्य, इना केरुङ्ग र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरिरहनुभएको छ ।
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोग तथा युएनडिपी नेपालको साझेदारीमा बास नेपालद्धारा सञ्चालीत लोकतान्त्रीक सहभागिता प्रबद्र्धनकालागि नागरिक संलग्नता अभिबृद्धी परियोजना अन्तरगत तालिम आयोजना गरिएको हो ।
तालिममा सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २५ जना प्लेटफर्म सदस्यहरुको सहभागिता रहेको तालिम असोज ५ गते सम्म चल्नेछ ।







