धनगढी, ११ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शनिवार उप–महानगरपालिका १२ मनकामना यूवा क्लवले आयोजना गरेको बृहत महिला तथा पुरुष फुटवल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
फुटवल प्रतियोगिता माघ २० गते सम्म चल्ने कार्यतालिका रहेको छ । प्रतियोगितामा पुरुषका १६ वटा र महिलाका १४ वटा टिम गरि ३० वटा टिमहरु सहभागि छन् । प्रतियोगिताको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिका खेलकुदको हव भएको बताए । खेलकुलको विकासका लागि वडातहमा स्तरीय खेलमैदान निर्माणका काम भैरहेका छन् । केहि वडामा खेलमैदान निर्माण भैसकेको बताउदै नगरप्रमुख वडले भने, बाँकी वडामा तयारी भैरहेको छ ।
नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए । उनले भने, त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ । एक अर्को प्रसंगमा नगरप्रमुख वडले राम्रो गरेका कुराहरुलाई राम्रो ग¥यो भन्न नसक्ने प्रबृती हामी कहाँ रहेको बताए । उनले भने, सकारात्मक सोचको विकास नभएसम्म समाज रुपान्तरण हुन गाहे छ । धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रशाद जोशीले वडा नं १२ले खेलकुदलाई प्राथमिकतामा राखेर रहेक बर्ष बजेटको ब्यबस्था गर्ने गरेको बताए । उद्घाटन समारोहको अध्यक्षता क्लवका अध्यक्ष डिवि थापाले गरेका थिए ।