मानव अधिकार सम्बन्धी सचेतीकरण तालिम सम्पन्न

७ माघ २०७६, मंगलवार
मानव अधिकार सम्बन्धी सचेतीकरण तालिम सम्पन्न

धनगढी,७ माघ २०७६। एफएमडिसी, विकास र परिवर्तनका लागी संचारको आयोजनामा सिमान्तकृत समुदाय, दलित र अल्पसंख्यकहरुलाई दुई दिने मानव अधिकार सम्बन्धी सचेतीकरण तालिम मंगलबार धनगढीमा सम्पन्न भएको छ ।
एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगंगा नगरपालिकालाई एक बर्ष भित्र मानवअधिकार मैत्री नगरपालिका बनाउने उदेश्यले गौरीगंगाका सिमान्तकृत समुदाय, दलित र अल्पसंख्यकहरुलाई तालिम दिईएको बताए ।
तालिममा महिला अधिकार, महिला अधिकारका सम्बन्धी भएका बिश्व सम्मेलन तथा महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाब उन्मुलन गर्ने सम्बन्धी महासन्धी १९७९, सबै किसिमका जातिय भेदभाब उन्मुलन गर्ने सम्बन्धी महासन्धी १९६५ र दलितका अधिकार बारे मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख धनराज शाहीले प्रशिक्षण गरे । साथै उनले नेपालको सबिधानमा भएका मौलिकहरुको ब्यबस्था, मौलिक हक कार्यान्वयनको अबस्था र कर्तब्य तथा अन्तराष्ट्रिय श्रम संगठन १६९ बारे पनि प्रशिक्षण गराए ।
सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले तेश्रो लिङ्गीको परिचय, अबस्था र चुनौतीबारे स्ष्ट पारे ।
तालिममा सहभागी भएकी कोपिला बिकले बिगतमा आफ्नो हक र अधिकार बारे थाहा नभएको तालिमका कारण आफ्ना हक अधिकार बारे थाहा पाएको बताईन् ।
सहभागीहरुले तालिममा सिकेका कुराहरु आफ्नो व्यवहारमा लागु गरी समाजमा पनि सिकाउने बताए ।
कार्यक्रममा एफएमडीसीका उपाध्यक्ष निर्मला बागचन्द, कार्यक्रम संयोजक गोबिन्द नारायण उपाध्यायले मानवअधिकार, महिला अधिकार बारे थप स्पष्ट पारेका थिए ।
तालिम पश्चात सहभागीहरुले म महिलाहरुलाई परेको समस्यामा बोल्छु, म छाउपडी, जातिय बिभेद मान्दिन, म लैगिक अल्पसंख्यकहरुलाई सहयोग गर्छु भन्दै सामुहिक प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम पारस्परिक जवाफदेहीता ः मानवअधिकार सुदृढीकरण परियोजना अन्र्तगत माघ ६ र ७ गते भएको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio