धनगढी , २६ पुस २०७६।धनगढीमा गोरखकाली मन्दिर स्थापनाका लागि भुमिपुजन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ पटेलामा मन्दिर स्थापनाका लागि भुमिपुजन भएको हो। स्वामी राहुलेश्वरानंदबाट भुमि पुजन भएको राहुलेश्वरानंद ऋषिकेश पिठ धर्म संरक्षण सम्वद्र्धन समिति धनगढीले जनाएको छ।
भुमिपुजनपछि स्वामी राहुलेश्वरानंदबाट उक्त स्थानमा नेपालकै ठूलो मन्दिर स्थापना गर्ने घोषणा समेत भएको समितिका अध्यक्ष देव बहादुर सेटीले बताए। मन्दिरमा गुरुकुल, पाठशाला, साधाना केन्द्र पनि स्थापना गरिने उनले बताए।
यस्तै अहिले ३ बजेदेखि धनगढीकै रुवस होटेलमा साधना शिविर पनि सञ्चालन हुने राहुलेश्वरानंद ऋषिकेश पिठ धर्म संरक्षण सम्वद्र्धन समितिका उपाध्यक्ष अरुण पनेरुले बताए।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





