सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता पछि, ओली-प्रचण्ड पहिलेकै आवस्थामा

२३ फाल्गुन २०७७, आईतवार
सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई  मान्यता पछि, ओली-प्रचण्ड पहिलेकै आवस्थामा

काठमाडौं, २३ फागुन

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आएको हो । आज वाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पुर्‍याउन सकेको छैन। अदालतमा सार्वजनिक विदाका कारण विहीबार हुन नसकेको नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज भएको हो।

आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio