एसईईको नतिजा सार्वजनिक

१ भाद्र २०७७, सोमबार
एसईईको नतिजा सार्वजनिक

१ भदौ, काठमाडौँ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतीजा सार्वजनिक भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

anukal

परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर बोर्डले सार्वजनिक गरेकाे हाे ।

एसईईको नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटराष्ट्रिय परीक्षा बोर्डको वेबसाइटनेपाल टेलिकमको वेबसाइटएनसेलको वेबसाइटइडीयू सञ्जाल डटकमनेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio