कैलारी गाउँपालिकाको समन्वय र Kerk in actie र Cordaid को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्वारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत कैलारी गाउँपालिका वडा नं ३ सुर्मिनालामा बृक्षारोपण गरिएको छ ।

बाढी तथा डुबान र माटो कटानबाट प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रमको शुभारम्भ कैलारी गाउँपालिका वडा अध्यक्ष ध्वजहरिपाल बोहरा ले गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष बोहराले MPDS ले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्ध र बृक्षारोपण कार्यमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरु आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहने बताए ।

lalbojhi

स्थानीय सुर्मिनाला बिपद ब्यवस्थापन समितिका अध्यक्ष जगराम चौधरी ले यो बृक्षारोपणले सुर्मिनालाले गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र बस्ती डुबान हुनबाट बच्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा भजनी नगरपालिका वडा नं ३ का सदस्य किसनलाल चौधरी, परियोजनाका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका,सामाजिक परिचालक सर्मिला चौधरी लगायतकाको सहभागीता रहेको थियोे ।