नरेश राना / कञ्चनपुर 

 कञ्चनपुर को लालझाडी गाउँपालिका–२ कञ्जस्थित श्री अशोक सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समूहका अध्यक्ष  शारदा रानाको सभाध्यक्षतामा सम्पन्न सभामा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा लालझाडी–२ का वडा अध्यक्ष आशाराम राना विशिष्ट अतिथि रहेका थिए।कार्यक्रम मा स्वागत मन्तब्य समूह की सचिव उर्मिला राना ले प्रस्तुत गर्नु भएको थियो। 

 सुख्खड सब–डिभिजन वन कार्यालयका मीनबहादुर जोगी,  सामुदायिक वन उपभोक्ता महासंघ (CFCC) का उपाध्यक्ष निर्मल भट्ट लगायत उपभोक्ता सदस्यहरूको उपस्थिति रहेको थियो।

साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। समूहकी कोषाध्यक्ष सबिना  रानाले ७ लाख २५  हजार ५ सय ३५ रुपैयाँ बराबरको आय–व्यय विवरण सभामा प्रस्तुत गरेकी थिइन्।

सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, उपभोक्ताको हित तथा आगामी वर्षका कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रम लाई स्थानीय पारस राना ले सञ्चालन गर्नु भएको थियो।

सेयर कर दियो ।