नरेश राना/कञ्चनपुर, २८ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको जन्उत्थान लघुवित्त वित्तीय संस्थाले ईलाका प्रहरी कार्यालय कस्बामा रहेको कार्यलयमा टेबल पंखा तथा बस्नाको लागि कुर्सी वितरण गरेको छ। कार्यक्रममा जन्उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा प्रमुख विनोद सिंह भाटले यस लालझाडी गाउँपालिकामा हरेक वर्ष सामाजिक उत्तदायित्वका कामहरु गर्दै आइरहेको भाटले जानकारी दिनुभएको छ।

कार्यक्रममा वार्ड नं २ का वार्ड अध्यक्ष आशाराम रानाले यो संस्था बिकतको दिनमा सामाजिक कार्य गर्दै आइरहेकोले र आउँदा दिनमा यस्तै सामाजिक कार्यको हामी अपेक्षा राखेका छौ। त्यस्तै ईलाका प्रहरी कार्यालयका प्रमुख वीर बहादुर साउदले हाम्रो कार्यलयमा सौजन्य लेखेको कुनै समान ना रहेकोले आज यस लघुवित्त वित्तीय संस्थाले पूरा गरेको बताउनुभयो।

साथै संस्थालाई धन्यबाद दिनु भएको थियो। यस्तै यस संस्थाले आफ्नो कार्य क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य मा जस्तै रक्तदान कार्यक्रम, हावाहुरी बाट प्रभावितलाई राहत वितरण, बढी पीडितलाई राहत वितरण त्यस्तै स्वस्थ संस्थामा कुर्सी वितरण गरिएको साथै विभिन्न किसिमका शिप मुलुक तालिमहरु दिँदै आइरहेको शाखा प्रमुख विनोद सिंह रानाले जानकारी गराउनु भएको थियो।