सामाजिक अभियन्ता जोत्सना साउँदको पहलमा मुक्त कमैया शिविरमा न्यानो कपडा तथा पोषणयुक्त सामाग्री हस्तान्तरण

१ पुष २०७७, बुधबार
सामाजिक अभियन्ता जोत्सना साउँदको पहलमा मुक्त कमैया शिविरमा न्यानो कपडा तथा पोषणयुक्त सामाग्री हस्तान्तरण

कञ्चनपुर,१ पुस ।

बरिष्ठ समाजसेवी,सामाजिक अभियन्ता जोत्सना साउँदको विशेष पहलमा कंचनपुरको शुक्लाफाँटा नगरपालिका १० को मुक्त कमैया बस्तीझलारीमा न्यानो कपडा तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ।

आमा वचाउ मानवता जगाउ अभियान अन्तरगत आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१क्रेट अण्डा,२किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतको सामाग्री वितरण गरिएको हो ।

रुडुककी एंव विश्व हिन्दु महाँसंघकी केन्द्रीय महासचिव समेत रहनुभएकी सामाजिक अभियन्ता जोत्सना साउदले रुडुकसंगको सहकार्यमा सुरक्षित मातृत्व संजाल महासंघ नेपाल मार्फत उक्त सामाग्री वितरण गर्नुभएको हो । मौसम परिवर्तन र चिसो वढेसंगै आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारको दैनिकी खानपान रहनसहन कष्टकर हुन्छ।

त्यसैमा झन गर्भवती,सुत्केरी र जेष्ठ नागरिकले न्यानो कपडा पोषणयुक्त खानाको अभावमा धेरै दुख कष्ट झेल्नुपर्ने हुदा थोरै भएपनि राहतको महसुस गरून भनि सामाजिक उत्तरदायित्व मानवीय भावनाले उक्त सामाग्री सहयोग गरिएको बरिष्ठ समाजसेवी साउदले बताउनुभयो । सामाग्री वितरण कार्यक्रममा शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐर,वडा अध्यक्ष रमेश वहादुर ऐर,लाल वहादुर ऐर,मेचिमहाकाली वुहारी संयुक्त आवाज कंचनपुरका अध्यक्ष ज्ञानु ऐर लगायतको सहभागीता रहेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio