धनगढी । रानाथारू प्रज्ञा परिषद नेपालले आफ्नो प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले पदम रानाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ।

कार्यक्रम नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कमल सिंह रानाको प्रमुख आतिथ्य तथा पदम रानाको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनमा अध्यक्ष पदम रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रानाथारू समुदायको साहित्य, इतिहास, भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले रानाथारू प्रज्ञा परिषद् नेपालको गठन गरिएको जानकारी गराउनुभयो।

त्यसैगरी परिषद्का कोषाध्यक्ष विलासु रानाले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कमल सिंह रानाले संस्था स्थापना गर्नु महत्वपूर्ण भए पनि त्यसलाई विधिवत् र प्रभावकारी रूपमा सञ्चालन गर्नु अझ महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल रानाथारू समाज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा यस वर्ष रजत जयन्ती मनाउने तयारी भइरहेको जानकारी दिँदै उक्त कार्यक्रमलाई सफल बनाउन रानाथारू प्रज्ञा परिषद्लाई समेत जिम्मेवारी दिइने बताउनुभयो।

अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिको संयोजकमा लक्ष्विर राना तथा सदस्यमा जयबहादुर राना र महेश राना रहनुभएको थियो।

निर्वाचनबाट पदम रानाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

नवगठित कार्यसमिति

अध्यक्ष: पदम राना

उपाध्यक्ष: नारायण राना

सचिव: भक्तराज राना

कोषाध्यक्ष: विलासु राना

सदस्य: बासमती राना

सदस्य: राजकुमार राना

सदस्य: नन्दलाल राना

सदस्य: सेवाराम राना

सदस्य: लक्ष्मी राना

नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफल, उपलब्धिमूलक तथा रानाथारू भाषा, साहित्य, इतिहास र संस्कृतिको संरक्षण तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै निर्वाचन समितिका संयोजक लक्ष्वीर रानाले नवगठित समितिलाई हार्दिक बधाई तथा शुभकामना दिनुभयो।

सेयर कर दियो ।