कञ्चनपुर, ३ जेठ 

माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२को अनुसार जिल्लाका चार विद्यालय निल भएका हुन । 

सरकारी लगानीमा संचालित चार विद्यालयले सुुन्य नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार भीमदत्त नगरपालिका र लालझाडी गाँउपालिका चार सामुदायिक विद्यालयले सुन्य नतिजा ल्याएका छन । 

शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार भीमदत्त नगरपालिका ३ तिलकपुरको बैजनाथ मावि ८ तिलाचौरको महाकाली शारदा पिठ बिद्याआश्रम र लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि र लालझाडी ४ पर्सियाकै स्वतन्त्र मावि निल भएका हुन्।

भीमदत्तको बैजनाथ माविका ५, महाकाली शारदापिठ विद्याआश्रमका २, लालझाडीको छोटी पर्सिया सरस्वती माविका ४४, पर्सियाको सरस्वती माविका २७ पुरै विद्यार्थी फेल भएका छन । 

०८१ को एसईई नतिजामा लालझाडी सहितका जिल्लाका पाँच विद्यालय निल भएका थिए, भने ०८२मा पनि चार विद्यालय निलै भएका छन । एसईई ०८० मा पनि लालझाडीका दुई विद्यालय निल भएका थिए ,०८१ मा १ र ०८२मा अहिले २ विद्यालय निल भएका हुन । 

लालझाडी गाँउपालिकामा विगत तीन बर्षदेखि सरकारी विद्यालय निल हुने क्रम निरन्तर जारी रहेको छ । ०८० मा लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई, ०८१ मा नौरङगाको शारदा राष्ट्रिय मावि, अहिले ०८२ मा फेरी छोटी पर्सियाको सरस्वती मावि र पर्सियाको स्वतन्त्र मा बि निल भएको हो । दुई बर्ष अघि छोटी पर्सियाकै सरस्वती माविका २०, लालझाडीकै जाई बैजनाथ माविका र ०८१मा नौरङगाको शारदा  राष्ट्रिय माविका ३६ पुरै विद्यार्थी फेल भएका थिए । लालझाडी गाँउपालिका सहित कञ्चनपुरका सरकारी लगानीमा संचालनमा रहेका विद्यालय रहेक बर्ष एसईईमा निल हुनेक्रम अझै रोकिएको छैन । 

०८० र ०८२को एसईई परीक्षामा विद्यालय निल भएका लालझाडी छोटी पर्सिया सरस्वती माविमा प्रद्यानाध्यापक तारामणी शर्माले दुई बर्ष अनपेक्षित परिमाण आएको बताए । ‘०८०मा अनपेक्षित परिमाण आएपछि हामीले मेहनत गरेर ०८१मा राम्रो नतिजा ल्याऔँ, ‘उनले भने, ‘हामीले शैक्षिक कामकाज गर्नका लागि अतिरिक्त कक्षा संचालन पनि संचालन ग¥यौैँ, तर पनि अनपेक्षित परिमाण आयो, यसबारे समिक्ष गर्छु, मैले नैतिकताका आधारमा राजिनामा पनि दिन्छु ।’ शिक्षकहरुकै कमिकमजोरीका कारण यस्तो नतिजा आउन लागेको उनले दुखेसो पोखेका छन । ‘विद्यार्थी अभिभावक, समुदाय सरकारलाई दोषि दिएर काम छैन, ‘उनले भने, ‘हामीहरुकै कमजोरीले यस्तो नतिजा आयो, सुुधार गछौैँ, स्वीकार गछौँ ।’ 

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले निल हुने क्रम रोक्नकै लागि पालिका सरकारबाट सामुदायिक विद्यालयका अतिरिक्त कक्षा संचालनदेखि थप सेवा सुविधा बढाएपनि निल हुनेक्रम नरोकिएकाले कार्बाहीको चेतावनी दिएका छन । 

भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले सुन्य नतिजादेखि कमजोर नतिजा ल्याउने विद्यालयसंग स्पष्टीकरण सोधिने बताए । नगर प्रवक्ता पदमराज अवस्थीले पालिकाले नतिजाकै आधारमा यस बर्षदेखि विद्यालयमा दरबन्दी मिलान, डाउन सायजदेखिका सुधारका कार्यक्रम गरेको बताए । ‘गणित मात्रै विषय नलागेको भए हाम्रो विद्यालयको सत प्रतिशत नतिजा ल्याउने रहेछ, ‘प्रअ चन्दले भने, ‘कक्षा ८मा उत्र्तीण गरेपछि सबै बजारतिर जान्छन, यसले पनि विद्यालयको प्रफोमेन्स कमजोर देखियो ।’ 

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा संचालित विद्यालयको नतिजा सुन्य दुखत विषय भएको बताए । उनले महाकाली शारदाविठ विद्याआश्रमको प्राविधि त्रृटीले सुन्य नतिजा आएको भएपनि सच्याउन पत्राचार गरिएको बताए । सामुदायिक विद्यालयमा दरबन्दीदेखिका विवित विषयत शिक्षकले ध्यान नदिदाको परिमाण नतिजा सुुन्यदेखि स्तरिय नआएको बताए । ‘सुन्य नतिजा ल्याउने विद्यालयमा हामीले पत्राचार गरेरै स्पष्टिकरण सोध्छौँ, ‘उनले भने, ‘बाँकी कमजोर नतिजा आएका विद्यालयदेखि अन्य सबै विद्यालयका प्रअसंग बैठक राखेर नतिजा बारे समिक्षा राखेर सुधार गर्ने योजना अघि सारेका छौँ ।’ 

सरकारी विद्यालयको नतिजा नाजुक आएपछि अभिभावक हैरान भएका छन । अभिभावकले राज्यको लगानी खेरदेखि विद्यार्थी, विद्यार्थीमाथि अन्याय हुँदा समेत सरोकारवाला नयाँ योजना ल्याउनुकोे साटो मौन रहेको भन्दै दुखेसो पोखेका छन ।