तरभुजा खाएर बालकको मृत्यु भएको मृतक बालिकाको परिवारले बताएका छन्।

टीकापुर नगरपालिका वडा न ८ श्रीलंका मा आज बिहान वर्ष ७ को सनिस बिक को तरभुजा खाएर मृत्यु भएको मृतक का ठुलो बुवा मन बहादुर बिकले बताएका छन्।

मृतक का ठुलोबुवा बिकले हिजो दिउँसो तरभुजा खाएपछि बेलुका ज्वरो आयो र बिहान सिकिस्त भएपछि ५:३० मा राजापुर लगेकोमा राजापुरले नेपालगन्ज रेफर गरेको थियो।नेपालगन्जमा निसर्ग अस्पताल ले मृत्यु भएको घोषणा गरेका थिए

  इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज डियसपी प्रकाश डाँगीले तरभुजा खाएर मृत्यु भएको मृतकका परिवार ले बताएका छन् तर पोस्ट मार्टम रिपोर्ट बाट मात्रै थप बताउन सकिने  बताउनुभयो।

प्रहरी चौकी कालाकुन्डा का इन्चार्ज प्रहरी नायब निरीक्षक बलराम बडु ले मृतक को घरपरिवार संग सोधपुछ गर्दा  तरभुजा ईन्डिया बाट साइकलमा भारतियले ल्याएको किनेर खाएको बताएका छन्।