कैलाली – धनगढी उपमहानगरपालिका वडा नं. ६ मेटियारी बस्ने २९ वर्षीय प्रकाश राना लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) केशव जोशीको कमाण्डमा खटिएको टोलीले उनलाई जंगल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
रानाको साथबाट १ ग्राम ११० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







