सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

श्री हरियाली सामुदायिक वन उपभोक्ता समुह का छैठौं साधारण सभा सम्पन्न

श्री हरियाली सामुदायिक वन उपभोक्ता समुह का छैठौं साधारण सभा सम्पन्न
नरेश राना लालझाडी,१० मंसिर । 

कञ्चनपुरको लालझाडी गा.पा. वडा नं.-१ मा स्थिति श्री हरियाली सामुदायिक वन उपभोक्ता समुह को छैठौं साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष श्री हंसराम रानाकाे सभापतित्वमा भएकाे थियाे भने प्रमुख अतिथीमा लालझाडी गाउपालिकाका अध्यक्ष मदनसने वडायक रहनु एकाे थियाे ।

विशिष्ट अतिथीमा CFCC कञ्चनपुर सचिव – नरेश राज भट्ट, लालझाडी स मिलका अध्यक्ष अमर सिंह राना रहनुभएकाे थियाे । कार्यक्रमकाे स्वगात मन्तब्य संस्थाका सचिब अमर सिंह रानाले गर्नु भएकाे थियाे । कार्यक्रममा उत्कृष्ट उपभाेक्तालाइ पुरुस्कार वितरण गरीएकाे थियाे भने साेहि कार्यक्रममा एकल महिला र जेष्ठ नागरिक हरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थियाे । कार्यक्रममा आयव्याय प्रस्तुत सामुदायिक वन का कार्यालय सचिव सपना रानाले गर्नु भएको थियो जसमा जम्म रु १३ लाख २६ हजार एक साय चाैध बारावर रहेकाे थियो । कार्यक्रममा उपभाेक्ताहरूले विभिन्न संस्कृति कार्यक्रम देखाउनु भएका थियाे । कार्यक्रम सञ्चालन शिक्षक श्री साहुकार राना गरेका थिए ।