नरेश राना/कञ्चनपुर, ०८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१)मा नेकपा एमालेका बिरबहादर थापा विजयी भएका छन्।
प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानालाई पराजित गर्दै थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३ सय ५९ मत पाएका छन् भने रानाले ११ हजार ६ मत ल्याएका छन्।