नरेश राना/कञ्चनपुर, ०७ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक फराकिलो मतान्तरसहित विजयी भएका छन्।
प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक विजयी भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार लेखकले ३० हजार ५ सय २३ मत पाएका छन् भने पालले १८ हजार ४ सय ४८ मत पाएकी छन्।