माओवादी केन्द्रले कञ्चनपुरका खाता खोल्यो क्षेत्र २(क) प्रदेश सभामा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

माओवादी केन्द्रले कञ्चनपुरका खाता खोल्यो क्षेत्र २(क) प्रदेश सभामा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

नरेश राना/कञ्चनपुर, ०७ मंसिर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन ।

माओवादी नेता सरले निकटतम प्रतिद्वन्दी एमाले नेता सिहलाई ४ सय ७४ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भीम भट्टले आयोगको औचारिक घोषणा गर्न मात्रै रहेको बताए ।

माओवादी केन्द्रीय सदस्य समेत रहेका युवा नेता (सरल) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए । यस निर्वाचन क्षेत्रमा माओवादीका युवा नेता ३५ बर्षिया सरल र एमालेका ४२ बर्षिया नेता बचन बहादुर सिहविच कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र २(क)मा ५४ हजार ६८८ मतदाता मध्ये खसेका थिए ।