kailali-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजय

kailali-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजय

कैलाली, ०६ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे ।

यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् ।