नरेश राना/कञ्चनपुर, ०१ मसिर । आशन्न ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्य बिना मगरलाई जिताउनका लागि एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

पुनर्वास नगरपालिका क्षेत्रका दर्जनौँ एमाले युवा माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र पुनर्वासका युवा नेता धर्मेन्द्र जेठाराले एमाले निकट युवा संघ कञ्चनपुरका सदस्य जय बहादुर पुजारा सहितका दर्जनौँ युवा नेता कार्यकर्ता माओवादी प्रवेस गरेको बताए ।

एमाले पुनर्वासका युवा कार्यकर्ता रमेश भण्डारी, दिनेक खडका, शेर बहादुर बयाडी, पुरन चौधरी, सुबास चौधरी, केशव सिह, दल ब. खाती, कमल खडका, दिपेन खडका, खडक सिह, राज कुमार रना, नरेश खडका, हर्क बोहरा, प्रकास विष्ट, कमल नाथ, सुरेश बोहरा, बल बहादुर सहितले एमाले परित्याग गरेका हुन ।

उनीहरुले एमालेलाई संकट परेका बेला पाटी परित्याग गर्ने, अर्कोबाट आउने, बागीदेखि बबण्डर भएकाले देश बाम लोकतान्त्रिक गठबन्धनमयी बनिरहेका बेला आफुहरु पनि एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेको बताएका छन ।

एमाले युवा परित्याग गरेका युवाहरुलाई अबिर खादा ओढाएर नेकपा माओवादी नेतृ एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का उम्मेदवार बिना मगरले स्वागत गरेकी छिन । एमाले परित्याग गर्दै माओवादी प्रवेस गरेका युवाहरुले एमालेमा अवसरवादी हावि भएकाले बाम लोकतान्त्रिक गठबन्धन जिताएर क्षेत्रको सम्बृद्धिका लागि आधार खडा गर्ने प्रतिज्ञा गरेका छन ।

सेयर कर दियो ।