धनगढी,६ फागुन
धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका विद्यालय आधारभूततहको अतिरिक्त क्रियाकलाप प्रतियोगिता मंगलबार देखि सुरु भएको छ ।
आधारभूततहको अतिरिक्त क्रियाकलाप प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । धनगढीमा फुलबारी , धनगढी र उर्मा गरि तीनवटा श्रोतकेन्द्र रहेका छन् । धनगढी श्रोत केन्द्रमा आधारभूततहको अतिरिक्त क्रियाकलाप धनगढी नमुना प्रविधि मध्यमिक विद्यालय धनगढी उपमहानगर पालिका वडा नं. ८ मा संचालन भएकाे प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले, खेलकुदका माध्यमबाट विद्यार्थीको सर्वाङ्ग विकास गराउने उदेश्यले तहगत रुपमा प्रतियोगिता गराईएको बताए । उनले भने, आधारभूततहको अतिरिक्त क्रियाकलाप प्रतियोगितामा सरकारी र निजी विद्यालयहरु सहभागि छन् ।
नगरप्रमुख वडले धनगढीलाई खेलकुदको हवको रुपमा विकास गर्नका लागि तल्लोतहबाट नै खेलाडी उत्पादन गर्नुपर्ने बताए । उनले भने, यसका लागि उप–महानगरपालिकाले खेलकुलका क्षेत्रमा ठूलो लगानी लगाएको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले खेलकुद लगायत अतिरिक्त क्रिायकलापमा सहभागि खेलाडी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिईन । उनले खेलकुलमा जित मात्रै ठूलो कुरा नभएर सहभागिता ठूलो हुने बताईन ।
कार्यक्रममा धनगढी उपमहानगर पालिकाका वडा नं.८ का वडा अध्यक्ष नरायण बरालले कार्यक्रम सफालताकाे शुभकामना व्यक्त गरे । त्यसैगरी समुदायक विद्यालयकाे तर्फबाट त्रिभुवन माध्यमिक विद्यालयका प्र.अ. सिताराम अवस्थी र संस्थागत विद्यालयकाे तर्फबाट माेडन एेरा बाेडिङ्ग स्कुलका प्रिन्सिपल अारसी यादबले सबै विद्यालयका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । भने कार्यक्रम काे स्वागत मन्तव्य पार्वती अाधारभुत बिद्यालयका प्र.अ. मनराज यादबले गरेका थिए । कार्यक्रम धनगढी नमुना प्राविधि मध्यमिक विद्यालय का प्र.अ. लक्षमण भट्ट काे सभापतिमा भएकाे थियाे । नगर भरीका ७३ समुदाय विद्यालय र १०८ संस्थागत विद्यालय मध्य साबिक धनगढी स्राेतकेन्द्र अन्तरगत ६० विद्यालयका बिद्यार्थीहरू सहभागी भएकाे कुरा बताए प्र.अ. भट्ट सर ।