पुनर्वासमा प्रमुख शर्मा र उपप्रमुख राना दुवैमा कांग्रेसकै विजय

९ जेष्ठ २०७९, सोमबार
पुनर्वासमा  प्रमुख शर्मा र उपप्रमुख राना दुवैमा कांग्रेसकै विजय

दिनेश राना/धनगढी, जेठ ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपलिकाकाे प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस विजयी भाएकाे छ। अन्तिम मत परिणम अनुसार प्रमुखमा नेपाली कांग्रेसका ताेयप्रसाद शर्माले १० हजार ६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनकाे निकट प्रतिस्पर्धी नेकपा एमालेका पदम बहादुर पुजाराले ४६७४ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै भुलिया कुमारी राना विजय भएकि छिन्। उनले ७ हजार ३४५ मत प्रप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृतकाे कार्यलय जानएकाे छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio