सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

एमाले कैलालीमा कसले कति मत पाए र अध्यक्षमा निर्वाचित

एमाले कैलालीमा कसले कति मत पाए र अध्यक्षमा निर्वाचित

धनगढी २६, पुष । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाएका हुन् । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए ।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

विज्ञापन

anukal

Official Music Video