पौष २०७८ बौनिया, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्याल गाउँपालिकाको दोस्रो अदिबेशन सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्याल गाउँ कमिटी का अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा कार्याक्रम सम्पन्न भएको थियो भने कार्यक्रको प्रमुख अथिति नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्लाका उपाध्यक्ष चक्र बिष्ट रहनु भएको थियो ।
अदिबेशनबाट कलम बहादुर देबकोटाको अध्यक्षतामा नयाँ कार्य समिती गठन भएकाे छ । साथै सो सम्मेलन बाट उपाध्यक्ष करन सिङ भण्डारी, महिलाउपाध्यक्ष बबिता शाह, सचिब प्रेम रावल ,कोषाध्यक्ष पदम प्रसाद देबकोटा, सह सचिब टिकासरा बस्नेत , सदस्य सदानन्द यादब , घनश्याम न्युरे , राम बहादुर बिष्ट , जीवन कठायत , उमेश कुमार घर्ती मगर , धनिराम शर्मा , टेक बहादुर रावल , खकेन्द देबकोटा , रमेश शाही , झलक साउद , कोपीला भण्डारी , चन्दकला भण्डारी , पदेन सदस्य वीर बहादुर भण्डारी , मदन भण्डारी लगायतको कार्यसमिती रहेको छ ।
उपाध्यक्ष हरि प्रशाद देवकोटा को स्वागत मनतब्य संगैे कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मोहन्यालका इन्चार्ज खेमराज कठायत ,वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेकपा एमाले मोहन्याल गाउँ कमिटीका उपाध्यक्ष टिकाराम भण्डारी ,वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउपालिका प्रबक्ता खर प्रशाद अधिकारी ,नेपाल शिक्षक महासंघ मोहन्यालका अध्यक्ष वीर बहादुर भन्डारी ,राष्ट्रिय माध्यमिक बिध्यालय मोहन्याल ६ सोल्टाका प्राधानाध्यापक कृष्ण प्रशाद जैसीले शुभकामना मनतब्य राख्नु भएको थियोे ।
कार्यक्रमको संचालन सचिव मीन बहादुर चन्द्ले गर्नु भएको थियो। कार्यक्रम मोहन्याल २ कोल्तडिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा मोहन्याल गाउपालका विभिन्न सामुदायिक बिध्यालय बाट संगठनमा आबद्ध २ सय ७५ जना भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेकोे थियो