सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

नरेेश राना / कञ्चनपुर,३ कातिक ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ बसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार मृत्युहुनेमा बसन्तपुरका ५५ बर्षिय ध्वज बहादुर कार्की र उहाँकी श्रीमती ४५ बर्षिया मधुराको आज विहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार नजिकैको सामुदायिक वनबाट ९।१०को संख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेका थिए । सोहि क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो । घटनास्थलबाट शुक्लाफाँटा १२ का वडाध्यक्ष बाले रानाले जानकारी दिनुभयो । अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।