काठमाडाैँ,३१ असाेज । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने कार्यक्रम छ। बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको छ।
एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ। कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ।
एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ। वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





