नरेश राना/लालझाडी,२३ असोज ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन लालझाडी गाउपालिकाको अध्यक्षमा सुरेनद्र बोहरा चयन भएका छन ।
माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन लालझाडीको दोस्रो गाँउ परिषदले अध्यक्षमा बोहरालाई चयन गरेको हो ।बरिष्ठ उपाध्यक्ष राम बहादुर जोशी,उपाध्यक्ष शिवराज बडु, महिला उपाध्यक्ष जमुना धानक , सचिब मंगल प्रसाद चौधरी,सह सचिब शेर बहादृर राना,सदस्य हरि प्रशाद भट्ट, निर्मल राना, शुनिता राना, दयाराम राना, शुकलाल तामाङ्ग लगायत चयन भएका छन । कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरक सचिब गोबिन्द ढाँटले लालझाडी गाँउपालिकाले बाल विकास, विद्यालय कर्मचारी र निजी शिक्षकहरुको तलब बृद्घि संघ सरकारको निर्णय अनुरुप हुनुपर्ने बताएका हुन ।
दिपेन्द्र सिह रानाको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुर इन्चार्ज विक्रम चौधरीको प्रमुख आथित्यमा भएको हो । कार्यक्रममा लालझाडी गाँउपालिका प्रमुख मदनसेन वडायक, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिब गोविन्द ढाँट लगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





