घटस्थापना र देउतामा माटाे लगाउने एकै हाे,रानाथारूका जानकारहरूले बताउछन्

२१ आश्विन २०७८, बिहीबार
घटस्थापना र देउतामा माटाे लगाउने एकै हाे,रानाथारूका जानकारहरूले बताउछन्

धनगढी,२१ असाेज ।
प्रत्येक वर्ष असोज शुक्लपक्ष देखि सुरु हुने पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमा सम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।


यसरी हिन्दुहरुले विजय दशमी पर्व मनाउछन भने रानाथारुहरुले विजय दशमी पर्व यसरी मनाउछन । हिन्दुहरुले जमरा राखे जस्तै रानाथारु सामुदायमा आजैको दिनदेखि देउता भित्र्याउने गरिन्छ । तिउता भित्रीयाउनु ( अरौन) भनेको हो पुनर्वास नगर पालिका गोकिलपुर गाउ बस्ने गौटेहरा भर्रा ( गुरुवा ) सगराम रानाथारुको भनाइ अनुसार असडी पुजा पछि सबै देवताहरु तिर्थ नुहाउन हरिद्वार जान्छन । उनीहरुका आप्ना पितापुर्खाहरुको सरात गर्न तिर्थ जानेगर्छन । असोजको कृष्णपक्ष भनेको पितापुर्खाहरुको श्राद्घ गर्ने महिनाको रुपमा मान छन । यसमा सबैले पृत्युहरुको पुन्यप्राप्तीको लागि श्राद्घ गर्ने चलन छ । श्राद्घको लागि यो महिनामा अति उत्म मानिन्छ र पहिले रानाथारु सामुदायका पुरुषहरुले कपाल समेत कटाउन पाउदैन थिए श्राद्घ ( मर्फत) को दिन सकिए पछि मात्र कपाल कटाउने चलन थियो ।


मर्फत सकिसके पछिकाे आज पहिलाे दिन देउतामा माटाे लागाउने दिन हाे तर कतिपएले आजकाे दिन परेवा तिथी परेकाे हुदा आज धेरैले दिउतामा माटाे लगाएनन । असोज शुक्लपक्ष देखि पहिलो सोमवार,विस्पतबार,बुधबारको दिनलाई आ आप्ना देवताको कुलरिती अनुसार पुजापाठ गरि बोलाउने चलन छ । यसमा खास गरि घर लिपपोत गरेर पुरै घर लिपपोत गर्न नसकेपछि पुजाकोठा मात्र लिपपोत गरेर कुनै खास दिन सोमबार,विस्पतबार,बुधबार पर्ने गरि पुरुषहरुले खेतबाट धानको बाला ल्याउछन । घरमुलीले पुजाकोठामा धानको बाला झुन्ड्याउने सबै देवतालाई आवहान गर्ने सोहि दिनबाट नित्यपुजापाठ गर्ने चलन रहेको बताउछन गौटेहरा गुरुवा सागराम रानाथारु ।
अन्य सामुदाय जस्तै रानाथारु सामुदायमा दशै पर्व मनाउदैनन धनगढी उपमहा नगर पालिका मनेहरा गाउँ बस्ने भंगी रानाको भनाइ यस्तो छ पहिले रानाथारु सामुदाले दशै पर्व राजाराजौटाहरुले जबरजस्ती गरेर मनाउन लगाउथे । त्यतिबेलाका राजाराजौटाहरुले रंगा मार्ना लगाएर दशै मनाउन लगाउथे । केहि बर्ष सम्म यो चलन चल्यो पछि रंगा काटन छोडे संगै दशै मनन पनि छोडे बताए राना । अहिले कोइ कसैको करकाँपमा होइन स्वाइच्छाले रानाथारु सामुदायमा दशै पर्व मान्ने चलन बढदैछन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio