कैलाली,२१ असाेज ।धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया स्थित दाइजो कृषि सहकारी संस्थाले दाइजो सुपथ मुल्य पसल धनगढीको बेलीबाजारमा संचालनमा ल्याएको छ ।
संस्थाको आप्नै भवनमा पसल संचालन गरेको हो उक्त सुपथ पसलको समुदघाटन धनगढी उपमहानगर पालिका सहकारी शाखा प्रमुख हरि सिंह साँवदले गरेका हुन । पसल उदघाटन पछि वहाँले भन्नु भयो अब सहकारीहरुले आप्नो ठाउँमा उत्पादन भएको बस्तु अर्को ठाउँको सहकारीलाई दिने त्यसको लागि म प्रदेशस्तरिय सहकारीहरूकाे बैठकको लागि पहल गर्ने कुरा बताएका हुन । साथै वहाँले भन्नु भयो किसानहरु बजार बाट पिडित छन आफुले उत्पादन गरेको वस्तु राम्रो मुल्य नपाएर बेच्नु परेको छ बताए यसको लागि सहकारीले मुख्य भुमिका खेल्नु पर्दछ भने । धनगढी उपमहानगर पालिकावाट हुने सहायोगको लागि हामी तयार रहेको बताए अधिकृत साँवदले ।
त्यसैगरी दाइजो कृषि सहकारी संस्था लि.का अध्यक्ष चन्द्रकिरणले भन्नु भयो सहकारीहरुले बचत तथा ऋणले सहकारी फस्टाउन सक्दैन यहाँका ठुलठुला बैकहरु संग हामी प्रतिस्प्रधा गर्नसक्दैनौ प्रक्रिया नपु¥याइ वा विना धितोमा ऋणी लगानी गर्दा जोखिम बढी रहेको त्यसैले दाइजो कृषि सहकारी संस्थाले आप्ना शेयर सदस्यहरुको बचत रकम शुरक्षाको लागि यो सुफत मुल्य पसल संचालनमा ल्याएका छौ । हामी संग भएको तरकारी लगायत समानहरु पहाड र पहाड बाट उत्पादीत तरकारी लगायत समान ल्याएर सुपथ मुल्यमा बिक्रि गर्ने कुरा बताइन अध्यक्ष रानाले ।साथै वहाँले सम्पुर्ण शेयर सदस्यहरूलाइ विजय दशमी , शुभदिपावली र छटकाे शुभकाना दिनुभयाे । विजय दशमीको घटस्थापनाको मौका परेर पसल उदघाटन गरिने पुर्व निर्धारित कार्यक्रम बताए व्यवस्थापक बासुदेव राना ।