नरेश राना/ कृष्णपुर,२० असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. स्थित रानाथारु कलाकार हरिराना मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन । से ७ प ५५०७ नम्बरको मोटरसाइलमा कलाकार हरि राना उनको ४ बर्ष छोरा जेम्स राना र उनकी श्रीमति अनु राना सभार थिए ।
ति मध्य आफु चालक र छोरालाई बढी चोटपट लागेको छ भने श्रीमातीलाई समन्य चोटलागेको ति तिनै जनालाई उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको छ र छोरा सिकिस्त रहेको बताए कलाकार रानाका भाईले रानाथारु डटकमलाई जानकारी दिनुभयो ।
बेलौरी देखि कलुवापुर जाने क्रममा कलुवापुरको जंगलमा पछाडीबाट आइरहेको स्कारपियोले ठक्कर दिदा दुर्घाटना भई बुवा छोरा घाइते भएका छन । उनकी श्रीमतीलाई समान्य घाइते भएकी छिन । स्कारपियो कैलाली यातायात लेखेको हाे हामीहरू उठदा सम्मा स्कारपियाे चालकले गाडी भगाउन सफल भएकाे बताए ।