एम वि राना,कञ्चनपुर,१९ असाेज ।
शिक्षकले विद्यालयमा पढाइदिनु,विद्यार्थीले पढदिनु र अभिभावकले विद्यार्थी पठाइदिनु पर्छ भनेका हुन लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायकले । कञ्चनपुरको लालझाडी गाउपालिकाको आयोजनामा ‘मुल्यउन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडी आवरण’ भन्ने मुलनाराका साथ शिक्षक दिवस २०७८ तथा लालझाडी प्रज्ञा प्रतिष्ठान घोषणा समारोहमा उक्त कुरा भनेका हुन लालझाडी गाउपालिका अध्यक्ष वडायकले । वहाँ कार्यक्रमको प्रमुख अतिथी रहनु भएको हो ।
वहाँले भनेका हुन हरेक दिवसको आ-आप्नै महत्व हुन्छ । विगत बर्ष यता हामीले शिक्षक दिवस मोवाइलको फेसबुकमा मनाइरहेको देखेका थियौ तर यस वर्ष लालझाडी गाउपालिकाले शिक्षाप्रेमी,शिक्षा क्षेत्रमा महात्वपुर्ण योगदान दिने शिक्षकहरुलाई सम्मान गरेर मनाउन पाएका छौ । “साथै शिक्षकहरुले शिक्षा क्षेत्रमा धेरै समस्या औल्याउनु भएको छ , ति मध्ये मुख्य समस्या भनेको वालविकास शिक्षक , कर्मचारी शिक्षक र निजी स्रोतमा कार्यरत शिक्षक हो ।,” ” यसमा हामीले धेरै कुरा भन्नु छैन किन भने केन्द्र सरकारले अध्यदेश मार्फत ल्याएको बजेटबाट स्थानिय सरकारको टाउकोमा हालदिएको छ ।’,
” हामीले हरेक क्षेत्रमा वजेट विनियोजन गरेकै छौ, तर केन्द्र सरकारले थुपारेको कार्यक्रममा गाउपालिकाले कसरी बजेट विनियोजन गर्ने आर्को तिर हाम्रो गाउपालिकाको पनि आमदानिको श्रोत न्युनरहेको छ त्यसमा पनि स्वास्थ्यका कर्मचारी, निजि शिक्षकहरुलाई थोरै भए पनि तलब दिएका छौ ।, हाम्रो देशमा तिन तहका सरकार छन केन्द्र,प्रदेश र स्थानिय यी तिनै सरकार विच राम्रो समन्वय हुन पाएको छैन त्यसले झन जटीलता ल्याएको छ ।”
“नेपाल सरकारले दिगोविकासको लागि १५ वटा उद्देश्यहरु लाई अगाडि सारेको छ मलाई लाग्छ पहिलो स्वास्थ्य हो भने दोस्रो शिक्षामा लगानि गर्नु पर्दछ किन भन्दा मान्छे निरोगी भए पछि मात्र अन्य काम गर्न सक्छ त्यसैले शिक्षा हाँसिल गरेर उसको ज्ञानको ढोका खुल्छा । हामीले लालझाडी गाउपाकिालाई विकास गर्नका लागि ५वटा विषयगत समितीहरु निर्माण गरेका छौ । ति विषयगत समितीहरुले विशेषज्ञहरु संग छलफल गरेर आवश्यक नितीनियम बनाएर आउने १० वर्षमा यस लालझाडी गाउपालिकाका विद्यार्थीहरु अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रतिस्प्रधा गर्न सकुन रहेको छ । अन्तमा कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण शिक्षाप्रमिहरुलार्य धन्यवाद ज्ञापन गर्नु भएको हो बडायकले ।”
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथीमा गाउपालिका उपाध्यक्ष सत्य देवी महरा ,प्रमुख प्रशसकिय अधिकृत महेन्द्र सिंह रावल,शिक्षा विकास तथा समुन्य इकाई प्रमुख गजेन्द्र प्रसाद भट्ट रहनु भएकाे थियाे भने अतिथीहरुमा लालझाडी गाउपालिका -१ का वडा अध्यक्ष छेमानन्द राना,२- का वडा अध्यक्ष हेमराज राना,३- का वडा अध्यक्ष टिकाराम डगौरा,५ -का वडाअध्यक्ष नन्दराज अवस्थी,६-का वडा अध्यक्ष फुलराम चौधरी , शिक्षा अधिकृत सिद्घराज भट्ट,क्षेत्रीय प्रविधिक धर्मराज राना र महाकाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रहनु भएको थियो ।
कार्यक्रम लालझाडी गाउपालिका -४ का वडा अध्यक्ष बहादुर रानाको सभाअध्यक्षतामा भएको कार्यक्रमम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , वडा सदस्य, कार्यपालिका सदस्य र शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य वैजनाथ बहुभाषिक आधारभुत विद्यालयका प्र.अ. सुरेन्द्र वहादुर बोहराले गरेका थिए भने संचालन शिक्षक डवल राना तथा लिलावती भट्टले गरेका थिए ।