काठमाडाैँ , १७ असाेज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । लेखीले केहीदिनअघि लोसपाको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका थिए । राजीनामापछि प्रमुख दलमध्ये एउटामा प्रवेश गर्ने बताएका उनी आफ्नो पूरानो पार्टी एमालेमै फर्किन लागेका हुन् । लेखी लगायतका नेतालाई एमालेको विधान महाधिवेशनस्थल गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा पार्टी प्रवेश गराउने कार्यक्रम छ ।