राममिलन राना,धनगढी,१५ असाेज । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. १५ ले ३१औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिक सम्मान तथा घरधुरी संकेतीकरण कार्य सम्पन्न गरेको छ । उक्त कार्यक्रम वडा नं.१५ को आयोजनामा भएको थियो भने राष्ट्रिय मानबअधिकार आयोग , फाया नेपाल, बेहडाबाबा ज्येष्ठ नागरिक समाजको सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नृप बहादुर वड रहनु भएको थियो । वडा नं. १५ले ज्येष्ठ नागरिक भएको परिवारलाई सजिलै संग थाहा पाउने र फलानो घरमा ज्येष्ठ नागरिक रहेको कुरा थाहा पाउनका लागि संकेताङ्क गर्नका लागि ज्येष्ठ नागरिक भएको परिवारको घरमा रातो झन्डा फहराउने शुरुवात नगर प्रमुख वडबाट भएको हो ।
कार्यक्रमको सफलताको शुभकाना विशिष्ट अतिथी राष्ट्रिय मानब अधिकार आयोग सुदुरपश्चिम प्रदेश प्रमुख मोहन जोशी , वडा नं. १६का वडा अध्यक्ष लक्ष्मी चौधरी, ज्येष्ठ नागरिक समाज १० का अध्यक्ष शंकरी राना, एकल महिला समुह १५ की अध्यक्ष सुगापति चौधरी , मानवअधिकार आयोग ज्येष्ठ नागरिक हेर्ने संयोजक रुपाश्री निरौलाले शुभकामना दिनुभएको थियो । वडा नं. १५ का वडा अध्यक्ष फुलराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य वडा सचिब मेखराज भट्टले गर्नु भएको थियो ।
सोहिकार्यक्रममा नौ जना दिवंगत ज्येष्ठ नागरिकहरुलाई मरुणप्रान्त सम्मान गरिएको थियो । सम्मान पाउनेमा स्र्व गंगाराम राना वहाँलाई नगद रु ५ हजार सहित, स्र्व महाराज राना, स्र्व कलासी चौधरी , स्र्व पदम बहादुर चौधरी , स्र्व पुस्कर सार्की , स्र्व बधनी चौधरी, स्र्व हरीनरायण चौधरी र स्र्व फकली चौधरी हुन । उक्त सम्मान वहाँका परिवार जनलाई प्रदान गरिएको छ ।
त्यसैगरी आठ जना भलमन्साहरुलाई सम्मान गरिएको छ । भलमन्साहरुले गाउँको विकास गर्न अहमभुमिका खेलेकोले वहाँहरुलाई सम्ममान गरिएको हो । वडा नं. १५ भित्र रहेका भलमन्सा पहिलाद राना,रामसरण राना, गोरे बहादुर शार्की, मन्त्रि राना,चक्र बहादुर चौधरी,कर्ण बहादुर विष्ट , जित बहादुर चौधरी र आर्को जित बहादुर चौधरी लाई सम्मान गरिएको हो ।
त्यसै गरी सोहि कार्यक्रममा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । वहाँहरुलाई वाकिङ्ग स्टीक ( लौरो ) सानो ठुलो गरी बनाउन सकिने सम्मा पाउनेमा बर्ष ७८ को वेदी राना,बर्ष ७५ को बन्धु राना, वर्ष ७२ को धरन राना , वर्ष ७२ को टुन्नी चौधरी ,बर्ष ७३को हरीलाल चौधरी ,वर्ष ७४ को कलीदेवी चौधरी, वर्ष ७२ को कालुराम डगौरा , बर्ष ७३ को पुनिया डगौरा वर्ष ७२ टुन्नी रानालगायत लाई दिएको थियो ।