नरेश राना/लालझाडी,१४ असोज ।
कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उधोगको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष अमर सिंह रानाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लालझाडी गाउपालिका अध्यक्ष मदनसेन बडायक रहनुभएको थियो भने बिशिष्ट अतिथीमा वार्ड न २ का वडाअध्यक्ष हेमराज राना रहनुभएको थियो । कार्यक्रम सफलताको शुभकामना दिने अतिथी cfcc का अध्यक्ष शिबदत्त पन्त, Taal प्रतिनिधि शेर बहादुर चौधरी, सबडिभिजन लालझाडीका प्रमुख करुणाकर जोशी लगायतले शुभकामना दिनुभएको थियो ।
संस्थाका सदस्य हंसराम रानाले आ.व.२०७७।०७८को रु १२ लाख ४१ हजार ३ सय ६५ बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम द्रोपति रानाले संचालन गरेकी थिइन ।