नयाँ नेतृत्व सहित नेपाल लोकतान्त्रिक पार्टी घोषणाको तयारी

१२ आश्विन २०७८, मंगलवार
नयाँ नेतृत्व सहित  नेपाल लोकतान्त्रिक पार्टी घोषणाको तयारी

कैलाली,१२ असाेज । कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।


उक्त भेलाले गोदावरी नगरपलिकाका माधव चौधरीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा लम्की चुहानगरपालिकाका देशराम चौधरी रहेका छन् । भने जोशीपुर गाउँपालिकाका चुचिराम चौधरीलाई प्रवक्ताको रुपमा चयन गरिएको छ । सदस्यहरुमा गोदावरी नगरपालिकाका धनिराम चौधरी, लम्की चुहानगरपालिकाकी पार्वती चौधरी, मानबहादुर चौधरी, जानकी गाउँपालिकाका चक्रबहादुर चौधरी, जगत चौधरी, चतुरलाल चौधरी, टीकापुर नगरपालिकाकी बिना चौधरी, भजनी नगरपालिकाका दिलिप चौधरी रहेका छन् ।

त्यस्तै घोडाघोडी नगरपालिकाका सुरज कठरिया, बलि थारू, गौरीगंगा नगरपालिकाका प्रदेशी चौधरी, सुरज चौधरी, बर्दगोरिया गाउँपालिकाका विकतलाल चौधरी, भोलेराम चौधरी, धनगढी उपमहानगरपालिका गोठुराम चौधरी, बिद्दु राना, कैलारी गाउँपालिकाका धनिराम चौधरी, जगदिश चौधरी, जगन्नाथ चौधरी र यम चौधरी सदस्य रहेका छन् ।


भेला माधव चौधरीको अध्यक्षतामा भएको थियो । भेलाका प्रमुख वक्ता नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम चौधरी रहेका थिए । कार्यक्रममा नेवा अभियानका केन्द्रीय संयोजक सुमन सयमी, नेवा अभियन्ता रविन्द्र श्रेष्ठ, खडक चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चुनीराम चौधरी र स्वागत देशराज चौधरीले गरेका थिए ।

भेलाले अगामी मंसिर ३ र ४ गते हुने राष्ट्रिय सम्मेलनबाट एउटा सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ पार्टी घोषणाको तयारी रहेको जनाइएको छ । नेपालमा रहेका सबै राजनितिक दल प्राइभेट लिमिटेड जस्ता रहेकाले आफूहरुले संयुक्त नेतृत्वको साझा पार्टी निर्माण गर्ने बताएका छन् ।उनले आफूहरुले निर्माण गरिने पार्टीमा सामुहिक नेतृत्व रहने बताए ।राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्ष मण्डल चयन हुने जनाइएको छ । पार्टीमा सबै कलस्टरलाई समेटिने र चुनाव चिन्हको रुपमा नमस्ते चिन्ह नै रहने जनाईएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio