नरेश राना / लालझाडी,९ असोज । कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. १, विनबारी स्थित श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समुहको पाँचौँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष दिनेश रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायक रहनु भएको थियो । वहँले सभालाई सम्बोध गर्दै भने यस सामुदायक वनलाई सबै मिलेर संरक्षण गर्नु पर्दछ र फाइदा पनि सबैले लिनु पर्दछ बताए ।
साथै अध्यक्ष वडायकले भने हामी चनाखो बनौ हाम्रो गाउपालिकामा केकस्ता कार्यक्रमहरु आएका छन तिनीहरुको अनुगमन गरौ आफुलाई आवश्यक बजेटको माग गरौ जुन वडाले विकास प्रतिचासो देखाएको छ त्यो वडाले कार्यक्रम पाएको छ ।
डाँगाजाई तमाम कार्यक्रम पाएको छ वन संग सम्बन्धित संघसंस्थाहरुले पनि बजेट हाल्छन हामीहरुले त्यता तिर पनि ध्यायन दिउ तब मात्र विकास हुन्छ । गापाबाट हुने सहयोगको लागि हामी पछि पर्दैनौ तर पनि सबै तिर हामीले हेर्न नसक्न सक्छौ त्यसैले यस प्रति तपाईहरुले ध्यायन दिनहुन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथीमा cfcc कंचनपुरका सदस्य सहदेव राना रहनु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत मन्तव्य दिनुभएको थियो । आव २०७७।०७८ मा सामुदायक वनको आम्दानी तथा खर्च संस्थाका सहसचिब शिवराज रानाले रु १ लाख,३६ हजार नौ सय दश बराबारको आयव्याय प्रस्तुत गर्नु भएको थियो ।
सामुदायक वनमा विभिन्न समयमा सहयोग गरेका तिन जाना उपभोगता सन्तरी राना,शिवराज राना,अर्को शिवराज रानालाई नगद तथा दोसल्ला ओढाइ सम्मान गरिएको थियो । ।कार्यक्रमको संचालन विष्णु चौधरीले गर्नु भएको थियो ।