लालझाडीमा साझा विवेकसिल पर्टि परित्याग गरि १५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश

५ आश्विन २०७८, मंगलवार
लालझाडीमा साझा विवेकसिल पर्टि परित्याग गरि १५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश

नरेश राना,लालझाडी,४ असोज ।
कञ्चनपुरको लालझाडी गाउपालिका -४ मा वाइ सि एल वडाकमिटी गठन भएको छ । जसमा दयाराम रानाको अध्यक्षतामा ३५ सदसिय वाइ सि एल वडाकमिटी गठन भएको हो उक्त कार्यक्रमको प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायक रहनु भएको थियो । वहाँले वाइ सि एल संयोजक लगायत सबैलाई अविरलगाइ स्वागत गर्नुभएको थियो ।

सोहि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका लाई स्वागत पनि गरिएको हो । रामधिरज रानाले साझा विवेकसिल पर्टि त्यागी वहाँ लगायत १५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । प्रवेश गर्नेलाई लालझाडी गाउपालिकाका अध्यक्ष वडायक र उपाध्यक्ष सत्यदेवी महराले अविर लगाएर सम्मान गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio