शुक्लाफाँटा,४ असाेज ।
रानाथारुको अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई अन्तिम अबसर यो कुरा कञ्चनपुरको शुक्लाफाँटा ४ स्थित रानाथारु युवा शक्ति क्लाबको प्रथम सधारण सभामा भन्नु नेपाल रानाथारु समाजका केन्द्रि अध्यक्ष कृपाराम रानाले भनेका हुन ।
वहाँले कार्यक्रमको उदघाटन गर्दै भने संस्कृति बचामएँ कुरिती हटामएँ रानाथारु भाषके सरकारी कामकाजी भाषा बनामएँ , अरक्षणको व्यवस्था करामएँ, रानाथारु विकास परिषद गठन करामएँ भनेर भन्नु भएको हो । त्यसै गरी वहाँले प्रधानमन्त्री प्रधानमन्त्री शेर बहादुर देउवा प्रति इङ्गीत गर्दै भने वहाँले पटक पटक नेपालको प्रधानमन्त्री पदमा रहनुभयो हो ।
वहाँलाई कञ्चनपुर निर्वाचनक्षेत्र र कैलालीको निर्वाचनक्षेत्रबाट रानाथारुहरुले बिजय गरी पठाएका हुन, कैलाली र कञ्चनपुर जिल्लाको मुलबासी रानाथारु हुन यो कुरा थाहा हुदा हुदै पनि आप्नो प्रधानमन्त्रीको कार्यकालमा रानाथारुलाई सुचिकृत गर्नु भएन । अहिले सुदुरपश्चिम प्रदेशको कामकाजी भाषामा रानाथारु भाषालाई छुट्याइएको छ अहिले पनि वहाँ नै देशको प्रधानमन्त्री रहनु भएको हो साचै नै रानाथारुको हितमा केहि गर्न चाहनु भएको छ भने यो पटक वहाँको लागि अन्तिम अबसर हो भने केन्द्रिय अध्यक्ष राना ।
कार्यक्रमका विश्ष्टि अतिथी सुदुरपश्चिम प्रदेश सदस्य माननिय श्यामलाल राना रहनु भएको हो । सुदुरपश्चिम प्रदेशले दूईटा विधेक ल्याएको छ , ति विधिको बारेमा अहिले छलफल भइरहेको बताए । सम्बन्धि विज्ञहरु संग छलफल पछि कस्तो हुनेहो त्यसको बारेमा अहिले यस्तो हुन्छ भन्न सकिदैन । यी विधेक र आउने विधेकको बारेमा नेपाल रानाथारु समाजले पनि रानाथारु विज्ञहरु संग छलफल र परामर्ष लिइरहनु पर्ने बताए माननिय राना ।
त्यसैगरी कार्यक्रमका विश्ष्टि अतिथी शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐर , कृष्णपुर नगर पालिकाकी नगर उपप्रमुख रमिता राना शुक्लाफाटा नगर पालिका ४ का वडा अध्यक्ष ज्ञान बहादुर विष्ट , आदिवासी जनजाति महासंघ सुदुरपश्चि प्रदेश महासचिब राजकुमार राना, कञ्चनपुर महिला संजाकी अध्यक्ष प्रेमबती राना,रानाथारु उत्थान समन्वय मञ्चका अध्यक्ष धोखे राना लगायतले शुभकामना मन्तव्य दिनुभएको हो ।
कार्यक्रम क्लबका अध्यक्ष धनबहादुर रानाको सभापतित्वमा भएको थियो भने स्वागत मन्तव्य बसन्ती रानाले गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिब जगन्नाथ राना र सदस्य मोनिका रानाले गरेका थिए । कार्यक्रममा थुपै क्लबका युवा युवतीहरुले रानाथारु होरी नाँच,डान्स, संस्कृतिक प्रस्तुति देखाएका थियो ।