नरेश राना/ लालझाडी,३० भदाैँ । कञ्चनपुरको लालझाडी गाउपालिका स्थित कञ्चन सामुदायिक वन उपभोक्ता समुहको आठौँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष जगन्नाथ रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायक रहनु भएको थियो । वहँले सभालाई सम्बोध गर्दै भने यस सामुदायक वनलाई सबै मिलेर संरक्षण गर्नु पर्दछ र फाइदा पनि सबैले लिनु पर्दछ बताए ।
साथै अध्यक्ष वडायकले भने हाम्रो यस गाउपालिका भाइबहिनीहरुले हाम्रो सबैको नामरोसन गरेका छन । प्रतियोगिता सानो ठुलो जेजस्तो भएता पनि विजय भएर आएका हुन त्यसैले म सामुदायिक वन उपभोक्ता समुहका पदध्यकारीहरुलाई के भन्न चाहन्छु कि विद्यालयमा पढने भाइबहिनीहरुको हौसला प्रदान गर्नका लागि गरिब,विपन्न परिवारका विद्यार्थीहरुका लागि रकम वियोजन गर्नुहोस भने ।
गापाबाट हुने सहयोगको लागि हामी पछि पर्दैनौ तर पनि सबै तिर हामीले हेर्न नसक्न सक्छौ त्यसैले यस प्रति तपाईहरुले ध्यायन दिनहुन अनुरोध गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथीमा लालझाडी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष बहदुर राना रहनु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत मन्तव्य दिनुभएको थियो ।
आव २०७७।०७८ मा सामुदायक वनको आम्दानी तथा खर्च संस्थाका कोषाध्यक्ष नन्दराम रानाले रु ११ लाख,९ सय पैतालीस बराबारको आयव्याय प्रस्तुत गर्नु भएको थियो । यस सामुदायक वनमा आप्नो लामोजीवन यसै वनमा वन रक्षक भइ बिस वर्ष काम गर्दै भइसकेको हुदाँ वहाँलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष रेखा रानाले गर्नु भएको थियो भने बार्षिक प्रतिबेदन संस्थाकि सचिब बन्धो रानाले गर्नुभएको थियो ।कार्यक्रमको संचालन बैजनाथ अधारभुत विद्यालयका शिक्षक दिपेन्द्र रानाले गर्नु भएको थियो ।सधारण सभामा बैजनाथ आधारभुत विद्यालयका भाइबहिनीहरुले र गाउका दिदीवहिनीहरुले आप्नो संस्कृति झल्कीने संस्कृतिक नृत्य प्रतुत गरेर कार्यक्रमलाई सोभाबढाएका थिए ।