प्रधानमन्त्री देउवाप्रति पुर्व वन तथा वातावरण मन्त्रि रानाको आक्रोश,पत्नी हारेको रिस प्रधानमन्त्री भएपछि पोखे

२८ भाद्र २०७८, सोमबार
प्रधानमन्त्री देउवाप्रति पुर्व वन तथा वातावरण मन्त्रि रानाको आक्रोश,पत्नी हारेको रिस प्रधानमन्त्री भएपछि पोखे

कैलाली,२८ भदाैँ । सरकारले राना थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन अस्विकार गरेको बिराेधमा नेपाल रानाथारू आवद्ध संघसंस्थाहरूले अन्दाेलनकाे घाेषणा गरेका छ ।बिराेध र्याली ट्राफिक चाैरहाबाट शुरू भइ धनगढीकाे पार्कमाेडमा काेण सभामा परिणत भएकाे थियाे । काेणा सभालाइ सम्बाेधन गर्ने क्रममा पुर्व वन तथा वातावरण मन्त्रि नारदमुनि रानाले भाषा आयोगले सरकारी कामकाजको लागि राना थारु भाषालाई सिफारिस गरेपनि देउवा सरकारले खारेज गरेको हो ।

नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा हुँदा भाषा आयोगले देशका सात वटै प्रदेशमा सरकारी कामकाजको भाषा तोक्न सिफारित गरेको थियो । नेपालमा अधिक वक्ता रहेको राना थारु भाषा दुई वटा प्रदेशमा कामकाजी भाषाको रुपमा लागू गर्न आयोगले सिफारिस गरेकोमा सरकारले खारेजी गरेको हो ।

भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु भाषालाई पहिचान गरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि हुँदा प्रतिबेदन बुझाएको थियो । उक्त प्रतिबेदनमा पहिचान भएको राना थारु भाषालाई २०७६ साल माघ २० गते आदिबासी जनजातीको सुचिमा नेपाल सरकारले सुचिकृत गरेको थियो । २० बर्षदेखी आफ्नो पहिचान र अधिकारका लागि राना थारु समुदाय संघर्षरत छन् । कैलालीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य नारदमुनि राना र रानाथारु समाजको पहलमा थारु जाति र उनीहरुको भाषाको पहिचान भएको थियो ।

केहि दिन अगाडी भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र राना थारु भाषालाई कामकाजी बनाउने तय गरेकोमा देउवा सरकारले राना थारु भाषालाई मात्र पूर्वाग्रही देखाई खारेज गरेको सांसद रानाले आरोप लगाएका छन् । भाषा आयोगले मुलुकमा पाँच बर्षभित्र बोलिने भाषाको अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरी सरकारी कामकाजको भाषा किटान गर्ने र अन्य मातृभाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनका निम्ति सिफारिस गरिसक्नुपर्ने प्राबधान संबिधानमा उल्लेख गरिएको छ ।

मुलुकको जनसंख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली विकास र प्रयोगलाई प्रमुख आधार मानेर आदिबासी जनजातीको सुचिमा सुचिकृत गरेता पनि पूर्वाग्रही भइ देउवा सरकारले खारेज सांसद रानाले बताए । ‘एक लाखभन्दा बढी वक्ता रहेका राना थारु भाषा प्रदेशगत रूपमा सिफारिसयोग्य मानिएको थियो’, सांसद रानाले भने, ‘तर प्रधानमन्त्री पत्नी आरजु राणा देउबालाई बहुमतले हराएको व्यक्तिगत रिसले सिङ्गो राना थारु समुदायको पहिचानमा आंच आएको छ ’ बताए पुर्व मन्त्री रानाले । नेपाल भारत लगायत मुलुकमा राना थारु भाषा बहुसंख्यक १५ लाख २९ हजार ८ सय ७५ जनाले बोल्दै आइरहेका छन ।

बिराेधकाेण सभा लाइ सम्बाेधन गर्ने नेपाल रानाथारू समाजका पुर्व अध्यक्ष तथा पचढकि उद्याेगका संचालक पदम राना,कृष्णपुर नगरपालिका उपप्रमुख रमिता राना, रानाथारू समाजका केन्द्रिय उपाध्यक्ष कमल सिह राना, आदिवासी जनजाति कैञ्चपुर पुर्व जिल्ला अध्यक्ष प्रेमबती राना,आदिवासी जनजाति प्रदेश महासचिब राजकुमार राना लगायतले मन्तव्य गरेका थिए भने बिराेध सभा कार्यक्रम नेपाल रानाथरू समाजका अध्यक्ष कृपाराम रानाकाे अध्यक्षतामा भएकाे थियाे संचालन महासचिब भक्तराज रानाले गर्नु भएकाे थियाे ।

याे लडाइ हाम्राे जातिकाे पहिचानकाे तथा अस्तित्वकाे लागि हाे । सरकारकाे विभेदकारी नितिले हामी कैलाली र कञ्चनपुरका ब्यक्तिहरू अन्दाेलित भएका छाै सरकार तथा भाषाआयाेगले सचिने काम भएन भने याे भन्दा ठुलाे अन्दाेलन गर्न पनि हामी पछि पर्ने छैनाै अधिकंस बक्ताले भनेका थिए । बिराेध र्यलीमा कैलाली र कञ्चपुरका हजाराै ब्यक्तिहरूकाे सहभागिता रहेकाे थयाे भने विराेध सभालाइ गायक नरायण राना,भानुप्रतप राना र सिश्रा रानाले गित गएर मनाेरञ्जन गराएका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio