धनगढी,२४ भदाैँ । भाषा आयोगले आफ्नो ५औ वार्षिक प्रतिबेदनमा सुदुर पश्चिमको सरकारी कामकाजी भाषाको रुपमा डोटेली र थारु भाषाको सिफारिस गरेको छ ।
रानाथारु भाषालाई ससिफारिस नगरेको विरुद्घमा नेपाल रानाथारु समाजको आवाहनमा कैलाली र कञ्चनपुरका रानाथारु अगुवा व्यक्तिहरुलाई छलफलका लागि आवाहन गरेको छ । भाषाआयोगले सडेन्त्रकारी तरिकाले सुदुर पश्चिमको सरकारी कामकाजी भाषाको रुपमा डोटेली र थारु भाषालाई सिफारिस गरेको छ त्यसमा हामी कुनै पनि हालतमा मन्यबाला छैनौ भनेर नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले बताए । एक दिन अगाडि भाषाआयोगका अध्यक्ष लभदेव अवस्थि संग हाम्रो कुराकानी भएको थियो वहाँले हामीलाई बधाई समेत दिनुभयो र अर्को दिन एका एक सिफारिसबाट रानाथारुको नामैनिशान हराउने गरी हटाएको छ , पछि मैले सोध्दा वहाँले भन्नु भयो अब म के गरौ , यसरी संविधानले दिएको अधिकार माथि राता रात धावबोले नामै हटाउन लगाइदिने । रानाथारुहरुको पहिचानै मिटाइदिने काम भाषाआयोगबाट भएको छ यसको विरुद्घमा हामी एक जुट भएर अन्दोलनको विकल्प छैन भनेर आप्नो विचार राख्नु भयो ।
त्यसैगरी नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले भाषाआयोगले निर्धारण गरेको सबै मापदण्ड रानाथारु भाषाले पुरा गरेको छ तर पनि भाषाआयोगले रानाथारु भाषालाई सिफारिस नगर्नु भनेको ठुलै चलखेल भएको बताए । वहाँले आज सुदुरपश्चिम प्रदेश सभामा प्रदेशलोकसेवा सम्बन्धि विधेक टेवुल भएको छ त्यसमा जातिगत अरक्षणका कुराहरु समेटीएको छ । हाम्रा रानाथारु सामुदायबाट प्रतिनिधित्व गर्ने सभासदहरुले त्यसलाई पारित हुन नदिनको लागि पहल गर्नु पर्ने बताए । त्यस विधेकमा पनि हाम्रो ध्यान आकर्षण भएको छ, राज्यले हामी रानाथारुहरुलाई हरेक ठाउँमा विभेद गर्दै आएको छ । पेश हुन लागेको प्रदेश लोकसेवामा आरक्षणको रुपमा थारु कोटामा २० प्रतिशत , आदिबासी कोटामा १५ प्रतिसत ,त्यसै गरि दलित, खसअर्यहरुको आरक्षण कोटा बिभाजन भएको छ रानाथारु भनेर त्यसमा कहि कतै उल्लेख गरेको छैन । वहाँले भन्नु भयो हामीले १,२,३ ,४,५,६ नम्बर प्रदेशमा अरक्षण मागेका छैनौ हाम्रो जातिगत बहुल्यता जुन प्रदेशमा छ त्यसमा मात्र माग गरेका छौ । त्यसमा पनि हामीलाई बन्चित गराइदै छ, यसमा हाम्रो मन्य हुने छैन । अब हाम्रो सडक संघर्ष गर्नुबाहेक विकल्प नरहेको बताए ।
धेरै पहिले एक पटक राजाले हामीहरु संग सोधको थियो रे तिमिहरुलाई के चहिएको छ , अरक्षण या संरक्षण त्यतिबेला हाम्रा पुर्खाहरुले भने हामी संग जग्गा जमिन सबै कुरा छ त्यसैले वहाँहरुले त्यतिबेला अरक्षण भन्दा संरक्षण चहियो भनेका थिए । तर आज त्यस्तो आवस्था रहेना हरेक ठाउमा पहुच हुनु पर्ने हो त्यसको लागि आरक्षण चाहिन्छ । तर राज्यको यस्तो विभेदकारी नितिले एक जुट हुन बताए रानाथारु उत्थान तथा समन्वय मञ्चका अध्यक्ष धोखे रानाले ।
कञ्चनपुर संर्घष समितिका अध्यक्ष सागर रानाले राज्यले गरेका विभेदपुर्ण निर्णयको विरुद्घमा हामीले गाउँगाउमा गएर युवाहरुलाई उठाउनु पर्छ सडक संघर्ष गर्नु परेमा आफुहरु पछि नहटने कुरा बताए । कृष्णपुर नगर पालिकाकी उपमेयर रमिता रानाले भनिन हामी रानाथारुहरु आप्नो अधिकारको लागि एकजुट हुनु पर्दछ । यदि कुनै पनि राजनितिक दल संग अबद्घ व्यक्तिले आप्नो जातिसामुदायको लागि बोल्दैन या अवाज उठाउदैन भने त्यसता व्यक्तिलाई गाउँम छिर्नु दिनुहुदैन त्यसमा म किन न होउ, सजयको भागिदार बन्नु पर्छ बताइन् ।
यसैगरी बैठकमा बिभिन्न संस्थाका प्रतिनिधि, थारु अगुवा, बुद्घिजिवि लगाएतले भाषाआयोगको निर्णय बिरुद्घ अन्दोलनको विकल्प नरहेको बताए । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरको मुलबासी रानाथारु रहेको र हामीहरुको पहिचान मेटाउने कुराको विरुद्घमा उठ्न जरुरी बताए ।
बैठकमा कैलाली र कञ्चनपुरका १०० भन्दा बढी व्यक्तिहरुको उपस्थित रहेको थियो र बैठकले २ निर्णय पारित गरेको छ । १) भाषाआयोगको सिफारिस विरुद्घ नेपाल सरकार, प्रदेश स्तरिय मन्त्रलय, मुख्यमन्त्रालयमा भोली ज्ञापन पत्र बुझाउने । २) प्रदेश सभामा टेवल हुन लागेको प्रदेशलोक सेवाका विधेकको बारेमा मुख्यमन्त्रि र प्रदेश सभालाई जानकारी गराउने । यति सबै गर्दा समेत राज्यले सुनुवाइ गरेन भने भदौँ २८ गते बाट चरणबद्घ आन्दोलनको घोषणा गर्ने बताए कार्यक्रम संचालन संस्थाका महासचिब भक्तराज राना ।