भाषा आयोगको प्रतिवेदनप्रति असहमति जनाउदै रानाथारूहरू काठमाडौँमा प्रदर्शन गर्दै

२२ भाद्र २०७८, मंगलवार
भाषा आयोगको प्रतिवेदनप्रति असहमति जनाउदै रानाथारूहरू काठमाडौँमा प्रदर्शन गर्दै

काठमाडौँ,२२ भदौँ ।  भाषा आयोगले  सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा रानाथारु भाषालाई छुटाएको भन्दै रानाथारुहरु अन्दोलनमा उत्रिएका छन । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्लाका पहिलो आदिबासी रानाथारु समुदायलाई आयोगले अन्याय गरेको भन्दै काठमाडौँको माइती घर मण्डलामा रानाथारुहरुले विरोद्ध प्रदर्शन गरेका हुन ।

रानाथारुको भाषिक अधिकार सुनिश्चितता गर, बिभेदकारी सिफारिस चाहिँदैन, पहिचान मेटाउन पाइँदैन । रानाथारु सुदूरपश्चिमको मुल आदिबासी हो आदि प्लेकार्ड देखाउदै शान्ति पूर्ण प्रदर्शन गरेका हुन । विरोद्ध प्रदर्शनमा पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाको समेत उपस्थिती रहेको थियो ।  

Wedding Story advertisement Of Jems Movies & Photo Studio