सुदूरपश्चिममा नेकपा एमालेबाट थप ३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

२० भाद्र २०७८, आईतवार
सुदूरपश्चिममा नेकपा एमालेबाट थप ३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

धनगढी,२०भदाैँ । सुदूरपश्चिम प्रदेशका थप ३ सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन, वन तथा वातावरण पूर्व राज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले सनाखत गरेका हुन् ।योसँगै सुदूरपश्चिममा एकीकृत समाजवादीमा खुल्नेको संख्या १३ पुगेको छ । यसअघि नै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी,अम्मर साउँद,कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई मान्यता दिएसँगै प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको मिति तय गरेको थियो । सोही अनुसार तीनै जनाले आज निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio