कञ्चनपुरमा आईतबारदेखि पठन पाठन सुचारु हुने

१८ भाद्र २०७८, शुक्रबार
कञ्चनपुरमा आईतबारदेखि पठन पाठन सुचारु हुने

कञ्चनपुर,१८ भदाैँ ।कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार जिल्ला प्रशासनमा भएको छलफलपछि विद्यालय खोल्न सकिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा विद्यालय सञ्चालन गर्न सकिने उनले बताए ।

उनका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन सम्बन्धी कार्यविधिका आधारमा पठनपाठन सुचारु ग्र्न सकिनेछ ।

‘पालिकाहरुले निर्णय गरेपछि व्यवस्थापन समितिले अभिभावक संग छलफल गरेर पठनपाठन सुचारु गर्न सकिनेछ,’ शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले भने, ‘मन्त्रालयको आदेश पनि पालना गर्नुपर्नेछ ।’

उनले कम विद्यार्थी भएको विद्यालयमा एक सिपु्mट र बढी विद्यार्थी भएको विद्यालयमा दुई सिप्mटमा विद्यालय सञ्चालन गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालयको निर्णयपछि यहा“का स्थानीय तहहरुले पनि पठनपाठन सुचारु गर्ने तयारी गरेका छन् ।

‘भीमदत्त नगर क्षेत्रका विद्यालय पनि छिट्टै खोल्ने तयारीमा छौं,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘स्वास्थ्य शाखासंग छलफल गरेर संक्रमणको अवस्थालाई हेरेर एक÷दुई दिनभित्रै पठनपाठन सुचारु गर्ने निर्णय गरिनेछ ।’

बेदकोट नगरपालिकाले पनि पठन पाठन सुचारु गर्ने विषयमा छलफल चलिरहेको जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आदेशको पालना गर्दै पठनपाठन सुचारु ग्रिने बेदकोटको प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले बताए ।

‘विद्यालयको भौतिक अवस्था र विद्यार्थी संख्याका आधारमा सिप्mट अनुसार पठनपाठन सुरु गरिनेछ,’ उनले भने, ‘त्यहि अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले पनि अभिभावक संग छलफल गरेर विद्यालय सुचारु गरिनेछ ।’

Wedding Story advertisement Of Jems Movies & Photo Studio