लालझाडीमा काँग्रेसकाे १४ औं वडा अधिबेशन सर्वसहमत

१८ भाद्र २०७८, शुक्रबार
लालझाडीमा काँग्रेसकाे १४ औं वडा अधिबेशन सर्वसहमत

लालझाडी,१८ भदाैँ ।कञ्चनपुरको लालझाडी गाँउपालिका सबै वडाहरुमा सर्वसम्मत वडा समिति, क्षेत्रीय प्रतिनिधी चयन भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले जिल्लाभरी सर्वसम्मत भएको लालझाडी गाँउपालिका भएको बताए । ‘हाम्रो पालिका यस्तो पालिका हो, ‘उनले भने, ‘जहाँ सबै वडाहरुमा वडा सभापतिदेखि, समिति एव सबै क्षेत्रीय प्रतिनिधी सर्वसम्मत भएका छन ।’ नेता गुरुङ्गका अनुसार लालझाडी १ राजिव राना, २ घुम्मन राना, ३ रोहित सिह बडायक, ४ प्रवेस राना, ५ कृष्ण जप्रेल र ६मा गोपाल चन्द निर्विरोध वडा सभापतिमा निर्वाचित भएका छन । भने सबै वडाहरुमा क्षेत्रीय प्रतिनिधी समेत चयन भएका छन । कञ्चनपुरका अधिकाँस वडाहरुमा सर्वसम्मत भईरहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio