कठरिया भाषामा बर्ण प्रबर्द्धन कार्यक्रम हुंदै

१८ भाद्र २०७८, शुक्रबार
कठरिया भाषामा बर्ण प्रबर्द्धन कार्यक्रम हुंदै

भाद्र १८, कैलाली ।। कैलाली जिल्ला स्थित कठरिया थारु समुदायको घनावस्ती भएको स्थानहरुमा कठरिया भाषा बर्ण प्रवर्द्धन कार्यक्रम संचालन भैरहेको छ । कठरिया समाज नेपालको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा कठरिया भाषा लेखन शैली अन्तर्गत सो कार्यक्रम भैरहेको हो ।

भाषा लेखन शैलीमा एक रुपता ल्याउन कठरियाहरुको बासोबास भएको गाउँ गाउँमा कार्यक्रम आयोजना गर्दै आएको कठरिया समाज नेपालका कोषाध्यक्ष सुरज कठरियाले बताए । साथै कठरिया भाषा–भाषीहरुका लागि औपचारिक तथा अनौपचारिक पठन–पाठन, सजिलो गरि लेख पढ गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सो कार्यक्रमका संचालक समेत रहेका कठरियाले बताए ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा भाद्र ६ देखी ९ गते सम्म, वडा नं. ५ पबेरामा १० देखी १३ गते सम्म र भजनी नगरपालिका वडा नं. ७ चर्रा तथा बनगाउामा भाद्र १४ देखी १७ गते सम्म उक्त गाउँका कठरिया युवा युवतीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै, दोश्रो चरणको कार्यक्रम अन्तर्गत जोशिपुर गाउँपालिका वडा नं. ३ लक्कडबाट शुरु गरि बाँकी अन्य कठरिया गाउँहरुमा संचालन गरिने अर्का कार्यक्रम संचालक अर्जुन कठरिया ले जानकारी गराए ।

कठरिया बर्ण प्रवर्द्धन कार्यक्रमले बर्णको सहि प्रतिनिधित्व गर्न, लेखन शैलीमा एक रुपता ल्याउन र लेख पढ गर्न सजिलो र सहजता मिलेको कठरिया भाषा बर्ण प्रवर्द्धन कार्यक्रममा सहभागी भजनी नगरपालिका वडा नं. ७ चर्रा का जय कठरियाले बताए । कठरिया भाषा संस्कृति र पहिचान संरक्षण सम्बर्द्धनका कार्यक्रमहरु अगामी दिनमा पनि आयोजना हुनु पर्ने कार्यक्रममा सहभागिहरुको तर्क थियो ।रसस

Wedding Story advertisement Of Jems Movies & Photo Studio