थारु विधार्थी सामाजले २६औँ स्थापना दिवसमा मनाउदै

थारु विधार्थी सामाजले २६औँ स्थापना दिवसमा मनाउदै

कैलाली, १८ भदौं । थारु विद्यार्थी समाज कैलालीले २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सबै थारु विद्यार्थी एक भई शैक्षिक अभियान अगाडि बढाउ भन्ने मूल नारा सहति स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थारु अगुवाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष माधब चौधरी, थारु बुद्धिजीवि बुदीलाल चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय कोषाध्यक्ष चन्द्रसिंह चौधरी, थारु अगुवा प्रभावत चौध्री र निम चौधरीलाई सम्मान गरिएको थारु विद्यार्थी समाजका जिल्ला अध्यक्ष आषिश चौधरीले जानकारी दिए ।

सोही अवसरमा ११ जना थारु यूवाहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा रामलाल डगौरा, आषिश चौधरी, लक्ष्मण चौधरी, आषिश चौधरी, कमल चौधरी, गजेन्द्र प्रसाद चौधरी, रमेश चौधरी, शान्ति चौधरी, दिनेश चौधरी बाँधु चौधरी रहेका थिए ।

विज्ञापन