कञ्चनपुरमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एक जनाको आवस्था चिन्ताजनक

१५ भाद्र २०७८, मंगलवार
कञ्चनपुरमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते  एक जनाको आवस्था चिन्ताजनक

बेलौरी,१५ भदौँ । बेलौरी नगर पालिका ८ स्थित कलकता बजारमा बस नं. म १ ख ६९८ र से.७ पा २०१३ नम्बरको मोटर साइकल एक आपसमा ठोकिदा दुर्घाटना हुन गएको हो । बेलौरीको कलकक्ता बजार बाट घर जाने क्रममा विपरित दिशाबाट आइरहेको महाकाली यातायतको बसले ठक्कर दिदा दुर्घाटना भएको हो ।

उक्त दुर्घाटनामा बेलडाँडी ९ घर भइ २६ बर्षिय खगेन्द्र धामी,१९ बर्षिय यसोदा धामी र २८ बर्षिय जानकी कार्की घाइते भएका छन । वहाँहरुलाई उपचारको लागि एम्बुलेन्स मार्फत धनगढीको मायामेट्रो अस्पतालमा लगिएकाे छ । घाइते मध्ये एक जनाको आवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ बताए स्थानिय व्यक्ति सुरेन्द्र रानाले । बस चालकलाई अनुसन्धाको लागि वेलौरी प्रहरी चौकीलाई जिम्मा लगाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio