धनगढी,१४ भदौँ। रानाथारु समुदामा धुमधामका साथ उल्लासमय बातावरणमा अष्टमी मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व रानाथारु समुदायको महान पर्व हो ।
श्रीकृष्ण जन्म अष्टमीको दिन रानाथारु समुदायका व्यक्तिहरु निरहारा बर्त बसेर मनाउछन । श्रीकृष्ण जन्माअष्टमी पर्वलाई रानाथारु सामुदायले ‘अट्टमी’ भन्ने गर्दछन भने श्री कृष्ण भगवानलाई रानाथारु ‘कान्हा’ भन्ने गरिन्छ । श्रीकृष्ण ‘कान्हा’ जन्मोत्सवमा रानाथारु समुदायले काँकडालाई श्रीकृष्ण भगवान मानेर ब्रत बसरे रातभरी जागरण गरी मनाउने गर्दछन् । दुइदिनसम्म उल्लासमय बातावरणमा मनाउने यो पर्वकोे पहिलो दिन बर्त बस्ने पुरूष या महिलाले दिनभरि केहि नखाई निरहार व्रत बस्ने गर्दछन् । धनगढी उपमहानगर ७ देवहरिया गाउका भलमन्सा जगन्नाथ राना ले बताए ।
उनको भनाइ अनुसार अष्टमिको पहिलोदिन अर्थात व्रत बसेको दिन विहानै घरको एक जना मिहलाले फुल भएको काँक्रा तोडेर ल्याउछन त्यसलाई कन्हा मानेर राम्रो संग राख्छन । साँभ भए पछि काठको पिङ बरीपरी काठकै बार बनायर त्यसलाई डोरीले बाँधेर राख्छन र त्यसको माथि पहिलो बस्त्रले बेरेर त्यसको मुनी पिङ हाल्ने गर्दछन । त्यसै पिङमा त्यो काँक्रा राख्छन भने यसको वरीपरीको भित्तामा विभिन्न जनाबारको चित्र बनउने चलनछ । दिनभरी सबैजना अष्टमिके तयारी गर्दछन , अष्टमीको खास प्रसाद भनेको खजुरीया तिन कुने बनाइन्छ र पछि त्यसलाई तेलमा तारिन्छ ।
साँझ भए पछि बर्त बस्नेले होम पुजा गर्छ यसरी राति चन्द्रमा नदेखिए सम्मा बर्त खोल्न पाइदैन तर बादल लागेको बेला रातीको १२ बजे पछि बर्त खोल्ने चलन छ । उनले भने, राती जागराम गर्नका लागि कसैले प्रेमसागर , विस्राम सागर लगायतको धार्मिक किताब पढने गर्थे भने कसैकसैले कान्हा जन्मे खुशीमा गित गाउनथे । जन्म अष्टमीमा पुरूषहरूले ठडिया नाँच खेल्ने गछन भने मिहलाहरू बैठक्कि गित गाएर राती जागराम गरी निकै नै रमाइलो गरी मनाउने चलन छ ।विहान भएपछि साना बच्चाहरूले कुसकाटेर ल्याउछन ।
जसको घरमा अष्टमी बर्त बसेको छ सोहि घरकाले त्यसमा दुध , बेसार हालेर पहिले अपनो घरबरीपरी सिच्न लगाइ पछि सोहि पानी गाउमा प्रत्येकको घरमा घरमा छर्किने या घरमुलिको खुट्टा धुने चलन छ यो पानीले घर सिचाइ गरेमा रोगव्यध घरमा प्रबेश गर्न सक्दैन भन्ने जनविश्वास रहेको छ , त्यस बफत घरमुलीले दान दिने चलन छ । यसरी दोस्रे दिन ठाडिया नाँच पनि सबैको घर घरमा गइ नाँच खेल्ने गर्छन । उनको अनुसार दोस्रो दिन साँझ भए पछि छठी गर्ने चलन छ । त्यसको उपलक्ष्यमा गाँउभरीका लाई खानाखुवउने गर्छन । यसरी जन्मअष्टमीके तिउहार मनाइन्छ बताए ।